dengue

काठमाडौँ महानगरपालिकाले दिपावलीमा प्लाष्टिकजन्य फूल तथा सजावटका सामग्री विक्री वितरणमा रोक लगाएको छ।

महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफ्नो आधिकारिक फेसबुक पोस्टमार्फत् स्वदेशमा उत्पादन भएका फूलको व्यापारलाई प्रवर्धन गर्न प्लास्टिकजन्य सामग्री विक्रीमा रोक लगाउने निर्णय गरेको जानकारी दिए।

Jhada

यस वर्षको दिपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा स्वेदशमा उत्पादन भएका फूललाई विक्री वितरण व्यवस्थित गर्न महानगरले ४६ स्थानमा प्रबन्धन मिलाएको छ।

‘गएको वर्ष पनि हामीले प्रदर्शनी मार्गको भृकुटीमण्डप, तीनकुने चउर, हाँडीगाउँ र बालाजु विष्णुमती कोरिडोरमा फूल विक्री गर्ने स्थान मिलाइएका थियौँ। त्यस ठाउँमा पुग्न महानगर प्रहरी बलको सवारी साधन उपयोग गरिएको थियो,’ बालेनले उल्लेख गरेका छन्, ‘ गएको वर्षको सिकाइ र अभ्यासबाट यस वर्ष फूल विक्रेता किसानहरूलाई सहज बनाउने प्रयास हुनेछ। यसका लागि मल, मार्ट, पार्क, पार्टी प्यालेस, सेन्टरहरूमा व्यवस्था मिलाइएको छ।’

उक्त ठाउँहरूमध्ये स्वदेशी फूल व्यापारी किसानहरूले आफूलाई पायक पर्ने ठाउँ छनोट गरेर विक्री गर्न सक्नेछन्। यसका लागि सम्पर्क व्यक्तिको नम्बर वा महानगर प्रहरी बलको क्षेत्रबाट पनि सहजीकरण हुने उल्लेख गरिएको छ।

यदि कसेले प्लास्टिकका फूल विक्री गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गर्ने समेत जनाइएको छ।

यी ठाउँहरूमा गर्न सकिन्छ स्वदेशी उत्पादनका फूलहरू विक्री
१) आरती पार्टी प्यालेस, माछा पोखरी
२) बुद्ध महल, माछा पोखरी
३) बालाजु भाटभटेनी, माछा पोखरी,
४) भ्याली कोल्ड स्टोर, बालाजु
५) सामुदायिक भवन, बालाजु
६) धर्म चक्र पार्क, स्वयम्भू
७) स्वयम्भू मार्ट
८) भाटभटेनी, कलंकी
९) कलंकी ट्र्रेड सेन्टर, कलंकी
१०) एस. एन. एस., कलंकी
११) एन. बि. टि. सि., कलंकी
१२) नेपा व्याङ्क्वेट, खुशिँवु
१३) बिग मार्ट, कालधारा, पकनाजोल
१४) साल्ट ट्र्रेडिङ कर्पोरेसन, कालीमाटी
१५) काठमाडौँ मल, सुन्धारा
१६) सिभिल मल, सुन्धारा
१७) सिटिसि मल, सुन्धारा
१८) रञ्जना मल, नयाँ सडक
१९) विग मार्ट कम्प्लेक्स, अनामनगर
२०) एटि कम्प्लेक्स, न्यू प्लाजा
२१) भाटभटेनी, अनामनगर
२२) आइटी प्लाजा, कमलादी
२३) संकटा चोक, टेवहाल
२४) के. एल. टावर, चाबहिल
२५) वि एन्ड एसएम, बौद्ध
२६) भर्गो जापान, शंखमुल
२७) आइप्लेक्स, बानेश्वर
२८) एनबि सेन्टर, नयाँ बानेश्वर
२९) फोनिक्स टावर, बत्तीसपुतली
३०) चाबहिल फुटबल चौर, चाबहिल गणेश स्थान
३१) बिगमार्ट, शंखमुल
३२) बिबिएसएम, कोटेश्वर
३३) सिफल चौर, सिफल
३४) केटिएम पार्टी प्यालेस,
३५) निराकल कम्प्लेक्स, शंखमुल
३६) एसि कम्प्लेक्स, चाबहिल
३७) भाटभटेनी, कोटेश्वर
३८) भाटभटेनी, नक्साल
३९) विग मार्ग, बालुवाटार
४०) सेल्स बेरी, महाराजगञ्ज
४१) भाटभटेनी, महाराजगञ्ज
४२) कोइराला मार्ट, सामाखुशी
४३) विग मार्ट, सामाखुशी
४४) सिटी सेन्टर, कमलपोखरी
४५) ल्होत्से महल, बालाजु
४६) सासा ब्याङकेट सोह्र खुट्टे

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय