शेयर बजार आज उच्च अङ्कले बढेको छ।

शेयर बजार परिसूचक नेप्से आज १ सय १४ दशमलव ७० अङ्कले बढेर २ हजार ६ सय २३ दशमलव ५६ विन्दुमा पुगेको छ।

आज सबै समूहको शेयर बढेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स, व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ।

आज २१ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । यस्तै १५ वटा कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले बढेको छ। नेप्से उच्च अङ्कले बढेको दिन ३ वटा कम्पनीको शेयर भने ३ प्रतिशतभन्दा धेरैले घटेको छ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। हिजो ४ अर्ब रुपैयाँको पनि कारोबार नभएकोमा आज ३ सय ७ वटा कम्पनीका १ करोड ७५ लाख कित्ता शेयर ७ अर्ब ६१ करोड रुपैयाँमा कारोबार भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय