बाढीपहिरो र डुबानका कारण हालसम्म २१७ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता छन् ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार प्राकृतिक विपदमा १४३ जना घाइते भएका छन्को। बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको पनि उनले जानकारी दिए ।
सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको प्रवक्ता तिवारीले बताए ।