सरकारले बाढी पहिरोमा परी ज्यान गुमाएकाको परिवारलाई जनही २ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ।
साथै १० दिनसम्म बेपत्ता रहेका परिवारलाई २ लाख दिने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्राकृतिक विपद्का कारण १० दिनसम्म बेपत्ता रहेका सदस्यका परिवारलाई पनि २ लाख दिने निर्णय गरेको हो।
यस्तै सरकारले ३ दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।