अविरल परेको वर्षाका कारण आएको बाढीपहिरोमा परेर ज्यान गुमाउनेको संख्या ७५ पुगेको छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले दिएको पछिल्लो विवरण अनुसार काठमाडौँ उपत्यकामा मात्रै ३४ जनाले ज्यान गुमाएका छन्। बागमती प्रदेशका अन्य जिल्लामा थप ३४ जनाको ज्यान गएको छ भने  काठमाडौँ उपत्यकाका तीन जिल्लामा २१ जना अझै बेपत्ता छन्। १५ जना घाइते भएका छन्।

काठमाडौँमा ११ जनाको ज्यान गएको छ। १० जना घाइते र ६ जना बेपत्ता छन्। भक्तपुरमा ५ जनाको मृत्यु भएको  प्रहरीकाे तथ्याँक छ।

सबैभन्दा धेरै मानवीय क्षति  ललितपुरमा १८ जनाको ज्यान गएको छ। ५ जना घाइते भएको र १५ जना बेपत्ता रहेको ललितपुर प्रहरीले जानकारी दिएको छ। त्यस्तै  काभ्रेमा पहिरोमा परेर १४ जनाको मृत्यु भएको छ। १८ जना घाइते भएको र १६ जना बेपत्ता रहेको पनि प्रहरीले जानकारी दिएको छ। सिन्धुलीमा एक जना, धादिङमा एक, सिन्धुपाल्चोकमा ३ जना, मकवानपुरमा ७ जनाको मृत्यु भएको छ। त्यस्तै दोलखामा ३ जना, रुपन्देहीमा २ जना, कोसी प्रदेशमा ८ जना, पाँचथरमा ५ जना र घनकुटामा २ जनाकाे ज्यान गएकाे छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय