मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा पहिरोमा बेपत्ता भएका ६ जना बालकको शव भेटिएको छ।
उनिहरु बत्सलादेवी माविमा फुटबल प्रशिक्षणका गरिरहेका ४० जनामध्ये ६ जना शनिबार बिहान पहिरोमा पुरिएर बेपत्ता भएका थिए। अखिल नेपाल फुटबल संघ (एन्फा) को समन्वयमा नेपाली सेनाले बालकहरुको शव लिन हेलिकप्टर पठाएको बताइएको छ।
एन्फाले गत वर्षदेखि संचालन गरेको फुटबल प्रशिक्षणमा ४० जना बालकहरुले प्रशिक्षण लिइरहेका थिए। प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले ६ जना बालकको शव लिन नेपाली सेनाको हेलिकप्टर विद्यालयमा आएको जानकारी दिए। उनका अनुसार बाँकी ३४ जना बालकलाई पनि नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं ल्याइनेछ ।