बिहीबार साँझदेखि अविरल वर्षाका कारण पुर्व र पश्चिमका जिल्लाबाट राजधानी काठमाडौ‌ प्रवेश गर्ने नौबिसे नागढुङ्गा सडक अवरुद्ध छ। निरन्तरको वर्षा, पहिरो र लेदो माटोले राजमार्गको नौबिसे मुग्लिन खण्ड झण्डै ३० घण्टादेखि अवरुद्ध छ। पहिरोले शनिबार बिहानैदेखि अवरुद्ध धादिङबेसी मलेखु सडकखण्ड भने एकतर्फी खुलेको छ ।

पहिराले ठाउँठाउँमा सडक थुनिएको छ भने राजमार्ग विस्तारको क्रममा खारिएका भित्ताबाट झरेका स–साना पहिरा, खोला खोल्साबाट उर्लिएको भलसँगै झरेको गेग्य्रान पनि राजमार्गमै थुप्रिएको छ।

धादिङ र काठमाडौ‌को सीमाक्षेत्रमा पर्ने खत्रीपौवामा शनिबार बिहानै पहिरोमा पुरिएको तीनवटा सवारीसाधन अझै निकाल्न सकिएको छैन। पहिरो ठूलो भएकोले सवारी पुरिएको ठाउँसम्म पुग्न नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

पानी निरन्तर परिरहेकाले  पहिरो खस्ने क्रम पनि रोकिएको छैन।  पहिरो पन्छाउने काम भइरहेको छ। पहिरोमा पुरिएका सवारी साधनहरु निकाल्न सकिएकाे छैन।  मानवीय क्षति भए नभएसमेतको यकिन गर्न समेत नसकिएकाे प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय