dengue

मुग्लिन नारायणगढ सडकखण्डको आधा दर्जन स्थानमा पहिरो जादा शनिबार रातिदेखि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ।

पहिरोको जोखिम हुने भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले शुक्रबार रातिदेखि शनिबार बिहानसम्म सवारी साधन चलाउन रोक लगाएको थियो। सवारी साधन चलाउन रोक लगाएको कारण राति आएको पहिरोले जनधनको क्षती हुनबाट बचेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

Jhada

राति र बिहान ४ बजे आएको पहिरोले मुग्लिन नारायणगढ सडकको मौवाखोला, दतिखोला,पानीधारा, नौकिलो, घोप्टेभीर, जुगेडीमा पहिरोले राजमार्ग अवरुद्ध भएको हो । मुग्लिन कुरिनटार सडक अन्तर्गत ईच्छाकामना गाउँपालिका वडा नं. ४ घोप्टेभिरमा पहिरो आएर बिहान ४ बजेदेखि पूर्ण रुपमा अवरुद्ध भएको छ। दुइवटा स्काभेटरले पन्छाउने काम भएपनि भारी वर्षा जारी रहेकाले तत्काल खोल्न सक्ने अवस्था नभएको डिभिजन सडक कार्यालय भरतपुरले जानकारी दिएको छ।

मुग्लिन सडक अन्तर्गत नौकिलोमा २ फिट तल सडक भासिएको र भासिने क्रम जारी रहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ। भासिएको सडकमा जुगेडीदेखि मुग्लिन तर्फ आउदै गरेको प्र.३–०१–०२४च ३०५६ नं.को बलेरो जिप फसेको छ  भासिएको स्थानमा फसेको बलेरोलाई तान्न नसकिएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय