सुनकोशी गाउँपालिका–१ स्थित आदिलिङ्ग कुशेश्वर महादेव मन्दिर परिसरमा रहेको गुरूकुलका २८ विद्यार्थी र गुरूसहित ३३ जना नदीबिचमा फसेका छन्।
सुनकोशीको सतह बढेर मन्दिरसम्म आइपुगेको र रोशी खोलाले मन्दिरको दुवैतिरबाट च्यापेकाले कतै भाग्ने अवस्था नरहेको गुरूकुलका शिक्षक नारायण घिमिरेले बताए । अहिले विद्यार्थी र शिक्षक गुरूकुलको भवनको माथिल्लो तलामा रहेका छन्। बिजुली र इन्टरनेटको पहुँच छैन।
उनीहरूको उद्धारका लागि कतैबाट सम्पर्क र पहल नभएको घिमिरेले बताए।