विपद्का घटनामा परी म‌गलबार एकैदिनमा देशका विभिन्न जिल्लामा ११ जनाको मृत्यु भएको छ।

योसँगै अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी हालसम्म एक सय ६५ जनाको मृत्यु भएको छ।

म‌गलबार बागलुङ र गुल्मीमा बढी मानवीय क्षति भएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबाहादुर कार्कीले जानकारी दिए। बाढी, पहिरोलगायतका विपद्मा परी काठमाडौं उपत्यकामा तीन, कोशी प्रदेशमा २५, मधेश प्रदेशमा छ, बागमती प्रदेशमा ३०, गण्डकी प्रदेशमा ५०, लुम्बिनी प्रदेशमा ३३, कर्णाली प्रदेशमा आठ र सुदूरपश्चिम प्रदेशमा १० जना गरी हालसम्म एक सय ६५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

विपद्मा परी   म‌गलबारसम्म एकसय ९८ जना घाइते भएका छन् भने एक सय ५१ जना बेपत्ता भएका छन्। उक्त अवधिमा विपद्का घटनाबाट चार हजार दुई सय ५९ घर परिवार विस्थापित भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय