त्रिभुवन विमानस्थल परिसरमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी १८ जनाको मृत्यु भएको नेपाल नागरिक उडड्यन प्राधिकरणले जनाएको छ।

दुर्घटनापछि उद्धारका लागि खटिएका उद्धारकर्मी/अग्निनियन्त्रकले १८ जनाको शव निकालेका हुन्।

विमानका चालक एम आर शाक्यको उद्धार गरिएको छ। उनको केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ। बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखराका लागि उडान गर्ने क्रममा रनवे छोड्ने बित्तिकै दुर्घटनामा परेको थियो।

सौर्य एयरलाइन्सले दिएको जहाजमा रहेका यात्रुहरुको विवरण यसप्रकार रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय