त्रिभुवन विमानस्थल परिसरमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ।
दुर्घटनापछि उद्धारका लागि खटिएका उद्धारकर्मी/अग्निनियन्त्रकले १८ जनाको शव निकालेका हुन्। उद्धार कार्यमा संलग्न एक सुरक्षाकर्मीका अनुसार यो संख्या अझै बढ्न सक्नेछ।
विमानका चालक एम आर शाक्यको उद्धार गरिएको छ। उनको केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ। बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखराका लागि उडान गर्ने क्रममा रनवे छोड्ने बित्तिकै दुर्घटनामा परेको थियो।