सौर्य एयरलाइन्सको ९एन–एएमई (सीआरजे २००) धावनमार्ग छाड्न साथ खसेको खुलेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको जहाज धावन मार्ग छाड्न साथ भुईमा बजारिएको थियो।
जहाजमा एयरलाइन्सकै प्राविधिक र कर्मचारी सवार रहेका थिए। जहाजमा चालक दलका सदस्यसहित सौर्यका १९ जना प्राविधिक तथा कर्मचारी सवार थिए।