गत शुक्रबार चितवनको भरतपुरस्थित सिमलतालमा पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये अहिलेसम्म १५ जना मृत फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अधिकांश मृतकलाई नारायणी नदीमा भेटिएको छ। बाँकी यात्रुलाई खोज्ने कार्य जारी रहेको र बस अझै फेला पर्न नसकेको प्रहरीले जनाएको छ। भरतपुर महानगरपालिका–२९ सिमलतालमा गत शुक्रबार बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्सको बसलाई लेदोसहितको पहिरोले त्रिशूलीमा बगाएको थियो।

यात्रु खोज्न सशस्त्रका चार, नेपाल प्रहरीको एउटा मोटरबोट, गोताखोर टोलीलगायत परिचालन गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय