नेपाली कांग्रेस र नेकपा एमालेबीच सरकार चलाउने सहमति भएपछि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले व्यंग्य गरेका छन्।
मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा दुवै दलका शीर्ष नेताको तस्वीर राख्दै बालेनले लेखेका छन्, ‘यो समय गिरिबन्धु चियाको हो। काले काले मिलेर खाऊ भाले ।’ बालेनले पछिल्लो समय गिरीबन्धु टी-स्टेटबारे छानबिन हुनुपर्ने माग राख्दै आएका छन्।
नेकपा एमाले र नेपाली कांग्रेसबीच गएराति नयाँ सरकार सत्ता समीकरण निर्माण गरेर अघि बढ्ने सहमति भएको छ। सहमति अनुसार पहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनेछन् ।