लमजुङमा पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु भएको छ।
लमजुङको क्ब्होंलासोथर गाउँपालिका–३ उत्तरकन्याको बगुमस्थित पच्यु टोलमा गएराति पहिरोले तीन घर बगाउँदा ४ जनाको मृत्यु भएको हो। प्रहरीका अनुसार स्थानीय रूद्रमान गुरूङ, पञ्चकुमारी गुरूङ र गाउँपालिकाका योजना शाखा प्रमुख चित्र घलेको घर पहिरोले बगाएको छ। पहिरोमा परेर ६९ वर्षीय रूद्रमान गुरूङ, ३६ वर्षिय पञ्चकुमारी गुरूङ, उनका दुई छोरीहरू ७ वर्षिया ईच्छा गुरूङ र ५ नम्रता गुरूङको मृत्यु भएको हो।
रूद्रमानको श्रीमती छिमेकी घरमा सुतेको र चित्र घले गाउँपालिकाको केन्द्र मालिङमा रहेकाले पहिरोबाट बचेको प्रहरीको भनाइ छ। पहिरोमा चित्रका भाइ भिमबहादुर घले भने घाइते भएका छन्। घटनास्थलमा सदरमुकाम बेसीसहर र मालिङबाट प्रहरी टोली जाँदै गरेको प्रहरी निरीक्षक थानेश्वर चपाईले जानकारी दिए।