नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र सरकारबीच सहमति भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्तितर्फका सचिवको अध्यक्षतामा सरकार र चालक/सहचालकबीच सहमति भएको हो।

सरकारले संघसँग ४ बुँदे सहमति भएको हो। ‘आजै मिति २०८१/०३/०३ देखि ट्यांकर चालक संघले आफ्नो सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु फिर्ता गरी उपभोक्ताको हितलाई ध्यानमा राखी पेट्रोलियम पदार्थको ढुवानी कार्य गर्ने सहमति भयो,’ सहमतिको तेस्रो बुँदामा उल्लेख छ।

संघको ७ बुँदे मागलगायतका समस्या समाधान गर्ने गरी १५ (पन्ध्र) दिन भित्र प्रतिवेदन पेस गर्ने गरी निगमका नायव कार्यकारी निर्देशक (बजार व्यवस्था)को संयोजकत्वमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधि तथा नेपाल पेट्रोलियम टयांकर चालक संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र अखिल नेपाल पेट्रोलियम तथा ग्यास श्रमिक संघका प्रतिनिधित्व हुने गरी एक उपसमिति गठन गर्नेसमेत सहमति भएको छ।

नेपाल आयल निगमले व्यवसायीहरुलाई दिई आए बमोजिमको पारिश्रमिक र सुविधा टयांकर चालक/सहचालक तथा यस क्षेत्रमा कार्यरत श्रमिकहरुलाई उपलब्ध गराउने व्यवसायीले प्रतिबद्धतासमेत गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय