dengue

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा ४०० केभी हेटौंडा सबस्टेसनको उद्घाटन गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार नेपालको तेस्रो ठूलो ४००/२२०/१३२/११ केभी हेटौंडा सबस्टेसन उद्घाटन गरेका हुन्।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपालभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको करिब ४० मेगावाट विद्युत् बंगलादेशतर्फ निर्यात गर्न अब छिट्टै तीन मुलुकका विद्युत व्यापारमा सङ्लग्न निकायहरूबीच त्रिपक्षीय सम्झौता हुने र त्यसपछि नेपालको विद्युत बंगलादेश निर्यात सुरु हुने बताए। बंगलादेश विद्युत् निर्यात सुरु हुने दिने दिन नेपालको ऊर्जा विकास र विद्युत् बजार विस्तारका लागि थप महत्वपूर्ण हुने उल्लेख गरे।

Jhada

‘केही दिनअघि समकक्षी सम्मानीय श्री नरेन्द्र मोदीजीको सपथ ग्रहण कार्यक्रममा जाँदा भएको भेटमा विगतमा गरिएका द्धिपक्षीय सम्झौताहरूलाई अझै सशक्त रूपमा कार्यान्वयन गर्ने, सीमा समस्या, पञ्जेश्वर जलविद्युत आयोजनाको कार्यान्वयन, व्यापार तथा पारवहनलगायतका विषयमा महत्वपूर्ण छलफल गरेको छु, यसबाट दुई मुलुकबीचको दीर्घकालीन विद्युत् व्यापार सम्झौता कार्यान्वयनमा महत्वपूर्ण उपलब्धी हासिल हुने विश्वास लिएको छु,’ उनले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय