कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम आज प्रदेशसभामा पेस गर्दै छ।

बुधबार दिउँसो ३ बजे तय भएको प्रदेशसभा बैठकमा सरकारको तर्फबाट प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम पेस गर्ने कार्यतालिका छ। यसपटक कार्यान्वयनमुखी योजना मात्रै बजेटमा समावेश गर्ने गरी नीति तथा कार्यक्रम ल्याउन लागिएकाे बताइएकाे छ।  सार्वजनिक कार्यक्रममै मुख्यमन्त्री यामलाल कँडेलले नयाँ योजना थप्नेभन्दा पनि यसअघि सञ्चालनमा रहेका बहुवर्षीय आयोजना पूरा गर्नुपर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय