काठमाडौं- सरकारले प्रधानमन्त्री छोरी कार्यक्रमको लागि १० करोड बजेट विनियोजन गरेको छ।
आगामी आर्थिक वर्ष २०८१/०८२ बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमको अन्तर्गत छोरीलाई रोजगार उन्मुख शिक्षा प्रदान गर्नको लागि बजेट विनियोजन गरेको बताए।