सरकारले सञ्चार मन्त्रालयका लागि ७ अर्ब ३४ करोड रकम विनियोजन गरेको छ।
आगामी आवका लागि सदनमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले यस्तो जानकारी दिएका हुन्।
यस्तै उनले उद्योग मन्त्रालयका लागि ९ अर्ब २८ करोड विनियोजन गरिएको जानकारी दिए।
यस्तै दुई लाख जनालाई कम्तीमा एक सय दिनको रोजगारी दिने पनि घोषणा गरेका छन्।
श्रमका लागि ८ अर्ब १० करोड विनियोजन गरिएको समेत उनले बताएका छन्।