सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा घरेलु मदिराको ब्रान्डिङ गर्ने भएको छ।
संसद्को दुवै सदनको बैठकमा बजेट भाषण गदै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताए। ‘‘घरेलु मदिराको गुणस्तर सुनिश्चित गरी उत्पादन ब्रान्डिङ गरिने छ यसको लागि कानुनी व्यवस्था मिलाइने छ।’’ उनले भने। यसअघि संघीय सरकारले घरेलु मदिरालाई प्रतिबन्ध लगाउँदा कतिपय स्थानीय तहले ल्याएका घरेलु मदिरालाई ‘ब्रान्डिङ’ गर्ने नीति अघि बढ्न सकेको छैन।