काठमाडाैँ – सहकारीको विरोध नेपालभर भइरहँदा पोखरामा रहेका विभिन्न ६ वटा सहकारी पीडितले सोमबार पोखरामा प्रदर्शन गरेका छन्।

सर्वसाधारणले बचत राखेको रकम हिनामिना गर्ने विभिन्न ६ वटा सहकारी संस्थाका बचतकर्ताले पहिलो चरणका आन्दोलनस्वरूप प्रदर्शन गरेका हुन्।

पोखराको गैह्रापाटनमा भेला भएका सहकारी पीडितले पोखरा महानगरका मेयर धनराज आचार्य, कास्कीका सिडिओ वासुदेव घिमिरे र प्रहरी प्रमुख एसपी मोहन थापालाई ज्ञापनपत्र समेत बुझाएको कास्की सहकारी बचत पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले बताए।

उनीहरुले मेयर, सिडिओ र एसपीलाई सडकमा नै बोलाएर ज्ञापनपत्र बुझाएका छन् । यस आन्दोलनबाट बचतकर्ताको पैसा फिर्ता नभए कडा आन्दोलनमा उत्रनै उनीहरुको चेतावनी छ ।

सहरकारीमा राखेको बचत अपचलन भएको २ वर्षभन्दा बढी समय बित्दासमेत सरकार र सम्बन्धित निकायले चासो नदिएको संयोजक श्रेष्ठले बताए। सकहारीले पैसा नदिँदा साधारण घरायसी खर्च र औषधीमूलोमा समेत समस्या आएको आन्दोलनकारीको भनाइ छ । संस्थाले आफ्नो सम्पत्ति बेचेर भए पनि बचतकर्ताको सैसा फिता दिनुपर्ने उनीहरुको जिकिर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय