रूसी सेनामा रहेका नेपालीहरुको उद्धारका लागि पटकपटक आग्रह गर्दा पनि सरकारले नागरिक फिर्ता गर्न प्रयास नगरेको भन्दै उनीहरूका आफन्तले माइतिघरमा सामूहिक अनसन सुरु गरेका छन्।

रुसी सेनामा भर्ती भएका नेपालीको उद्धार माग गर्दै प्रदर्शन गर्नेलाई बिहीबार प्रहरीले पक्राउ गरेको थियो। रुसी सेनामा भर्ना भई घाइतेको उद्धार र मृत्यु भएकाहरुको शव फिर्ता लिएर ल्याउन युवाहरूले सिंहदरबारअघि प्रदर्शन गरेका थिए। रुसी सेनामा भर्ती भएर मृत्यु हुने नेपालीको संख्या ३३ पुगेको जानकारी परराष्ट्र मन्त्रालयले दिएको छ।

तर कति नेपाली रुसी सेनामा भर्ना भएका छन् र कति घाइते छन् भन्ने तथ्यांक मन्त्रालयसँग पनि छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय