नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले विश्वविद्यालयको छाता ऐन बनाउनुपर्ने बताएका छन् । सोमबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका सम्बन्धमा छलफलमा भाग लिदैँ सांसद पौडेलले विश्वविद्यालयको छाता ऐन बनाउनुपर्ने बताए ।
उनले विश्वविद्यालयको छाता ऐन बनाएर सोही छाता ऐनको प्रबन्धभित्र विश्वविद्यालयहरू खोल्न सकिने व्यवस्था गर्नुपर्ने बताए । उनले नेपालमा धेरै विश्वविद्यालयहरू भइसकेका भन्दै यतिधेरै विश्वविद्यालय किन चाहिएको हो भनेर पनि प्रश्न गरे । उनले विश्वविद्यालयको छाता ऐन नबनेमा धेरै क्याम्पसहरूलाई विश्वविद्यालयको रूपमा सम्बोधन दिनुपर्ने अवस्था आउने भन्दै छाता ऐन बनाउनुपर्नेमा जोड दिए ।
सांसद पौडेलले विधेयकमा विश्वविद्यालयले के विषयमा दक्ष जनशक्ति उत्पादन गर्ने हो भन्ने कुरा प्रस्ट रूपमा नआएको बताए ।