आज सोमबार सेयर बजार १६.८२ अंकले घटेको छ। शेयर बजार १६.८२ अंकले घटेर २००६.५२ विन्दुमा आएर बन्द भएको हो ।
आज ३१४ कम्पनीको ५० हजार ५२४ पटक भएको कारोबारमा ७२ लाख २३ हजार ७७३ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ७९ करोड ७५ लाख ७७ हजार ४३२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज ५२ कम्पनीको सेयर मूल्य बढ्दा १८४ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ वटा कम्पनीको स्थिर रहेको छ ।
आज दुई स्टकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज गुराँस लघुवित्त वित्तीय संस्था र दोल्ती पावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, आज खानीखोला हाइड्रोपावरको शेयरमूल्य करिब साढे ७ प्रतिशत घटेको छ।