अमेरिकाको लस एन्जलस काउन्टीका मेडिकल एग्जामिनरकाअनुसार आगलागीका कारण अहिलेसम्म ११ जनाको मृत्यु भएको छ।
शुक्रबार दिउँसो (अमेरिकी समय)मा जारी गरिएको अपडेटमा मेडिकल एग्जामिनरले पालिसेड्स आगलागीमा पाँच जनाको मृत्यु भएको र अन्य छ जनाको इटन आगलागीमा मृत्यु भएको बताएका छन्।
मृत्यु भएकामध्ये हालसम्म तीन जनाको मात्रै सनाखत भएको छ। लस एन्जलसका पाँचवटा क्षेत्रमा फैलिएको आगोलाई नियन्त्रण गर्न अग्नि नियन्त्रकहरूले निरन्तर काम गरिरहेका छन्।
इटनमा फैलिएको आगलागीका कारण करिब १४ हजार एकड क्षेत्रफल जलेर खरानी भएको छ।
तीन प्रतिशत आगो नियन्त्रणमा आएको छ। लिडियामा लागेको आगो ७५ प्रतिशत नियन्त्रणमा आएको छ। आगलागीबाट करिब चार सय एकड जमिन प्रभावित भएको छ।