भारतको केरल राज्यअन्तर्गत वायनाड क्षेत्रको लोकसभामा कंग्रेस आईकी उम्मेदवार प्रियंका गान्धी निर्वाचित भएकी छन्।

शनिबार सम्पन्न मतगणनाअनुसार प्रियंकाले ६ लाख २२ हजार ३३८ मत प्राप्त गर्दै विजयी भएकी हुन्। प्रियंकाका निकटतम प्रतिद्वन्द्वी सीपआईका सथ्यन मोकेरीले २ लाख ११ हजार ४०७ मत पाए। भारतीय जनता पार्टीकी नाभ्या हरिदासले १ लाख ९ हजार ९३९ मत पाइन्।

प्रियंकाले वायनाड निर्वाचनमा दाजु राहुल गान्धीको रेकर्ड तोडेकी छन्।

यसअघि राहुलले उक्त क्षेत्रमा ३ लाख ६४ हजार ४२२ मतान्तर बनाएर जितेका थिए।  प्रियंका ४ लाख १० हजार ९३१ मतान्तरले विजयी भएकी हुन्। भाजपा उम्मेदवारसँगको मतान्तर ५ लाख १२ हजार ३९९ छ।

अघिल्लो चुनावमा उत्तर प्रदेको रायबरेली र वायनाड दुवै सिटमा निर्वाचित भएपछि राहुलले वायनाड छाडेपछि उपचुनाव भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय