अस्ट्रेलियाले बालबालिकाहरूलाई फेसबुक, ट्विटर, टिकटक तथा इन्स्टाग्रामजस्ता सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने तयारी गरेको छ।

अस्ट्रेलियाको संसदको तल्लो सदनमा एक विधेयक पेस भएको छ।  जसमा १६ वर्षभन्दा कम उमेरका बालबालिकाहरूलाई सामाजिक सञ्जालको प्रयोगमा पाबन्दी लगाउने प्रस्ताव गरिएको छ।त्यसका लागि अस्ट्रेलियाले कानुन निर्माण गरिरहेको छ।

अष्ट्रेलियाको संसदमा बिहीबार यो विधेयक पेस भएको हो । प्रधानमन्त्री एन्थनी अल्बनिजले बालबालिकाहरूलाई सामाजिक सञ्जालबाट पुग्ने क्षतिबाट बचाउनका लागि यो विधेयक ल्यायएको बताए।

‘यो प्रतिबन्ध एक्स (ट्विटर), टिकटक, फेसबुक तथा इन्स्टाग्रामलाई लिएर हुनेछ,’ बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाइएको विधेयकबारे प्रधानमन्त्री अल्बानिजले भनेका छन्, ‘बालबालिकाहरूलाई सामाजिक सञ्जालबाट हुने क्षतिबाट बचाउनका लागि यो विधेयक ल्याइएको हो।’

बीबीसीका अनुसार अष्ट्रेलियाको यो नयाँ कानुनले यस्तो प्रतिबन्धका लागि एक रुपरेखा तयार गर्नेछ । १७ पेज लामो उक्त दस्तावेज आगामी साता अष्ट्रेलियाली सिनेटमा पेस हुने सम्भावना छ।

सरकारको यो कदमप्रति थुप्रै अभिभावकहरूले समर्थन जनाएका छन् । यद्यपि, कतिपय विज्ञहरूले भने यसमा केही प्रश्नहरू पनि उठाएका छन्। के बालबालिकाहरूलाई सामाजिक सञ्जालबाट टाढा राख्नु आवश्यक छ, या उनीहरूलाई त्यसबाट रोक्न सकिन्छ भन्ने प्रश्न उनिहरूले उठाइरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय