भारतीय लोकसभा निर्वाचन–२०२४ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। कुल ५४३ सिटमा भएको निर्वाचनमा सत्तारूढ भारतीय जनता पार्ट(भाजपा) २४० सिटमा विजयी भएको छ । उसले गएको चुनावको तुलनामा ६३ सिट गुमाएको हो। अघिल्लो निर्वाचनमा एनडिएले ३५२ सिट ल्याउँदा भाजपा एक्लैले ३०३ सिट ल्याएको थियो। यसपालि भाजपाले २४० सिट मात्रै ल्याएको छ।

प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेस (आईएनसी)ले ९९ सिटमा जित हात पारेको छ। उसले गएको चुनावको तुलनामा ४७ सिट बढी पाएको हो। यसैगरी समाजवादी पार्टीले ३७ सिट, अल इन्डिया तृणमुल कांग्रेसले २९, द्रविड मुन्नेत्र कजगमले २२ सिट तथा तेलुगु देसामले १६ र जनता दल एकीकृतले १२ सिट जितेको छ।

भारतको चुनाव आयोगअनुसार भाजपाले २४०, कंग्रेस आईले ९९, समाजवादी पार्टीले ३७, अल इन्डिया तृणमूल कंग्रेसले २९, डिएमकेले २२, टिडिपीले १६, जेडियुले १२, शिव सेनाले ७, लोक जनकशक्ति पार्टी, आरजेडी र सिपिआईएले ४र४ सिट जितेका छन्।

आम आदमी पार्टीले ३, झारखण्ड मुक्ति मोर्चाले ३, जनसेना पार्टीले २ सिट जितेका छन्। बाँकी सिटमा अन्य दल र स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

२०१४ देखि एकल बहुमतको सरकार चलाएको मोदीले यसपालि गठबन्धनमा रहेका दलहरूलाई लिएर सरकार बनाउनुपर्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय