राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमको दोस्रो चरणअन्तर्गत ६ र ७ बैशाखमा भिटामिन ‘ए’ क्याप्सुल खुवाइने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिवार कल्याण महाशाखाकाका अनुसार ६ देखि ५९ महिनाका करिब ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइनेछ । १ देखि ५ वर्षसम्मका करिब २९ लाख बालबालिकालाई जुकाको औषधि दिइने उनले जानकारी दिए । देशभरका ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाहरुले ७ वटै प्रदेशका स्थानीय खोप केन्द्रहरुबाट बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउनेछन् ।

भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने यो कार्यक्रममा सरकारको झण्डै ९ करोड ५१ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रत्येक वर्ष दुई चरणमा खुवाइने भिटामिन ‘ए’ र जुकाको औषधि पहिलो चरण कात्तिकमा र दोस्रो चरण बैशाखमा खुवाइन्छ । गत कात्तिकमा भिटामिन ‘ए’ कार्यक्रमको पहिलो चरणअन्तर्गत करिब ९० प्रतिशत बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइएको थियो भने ८७ प्रतिशत बालबालिकाले जुकाको औषधि दिइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय