राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ११ औं शिखर सम्मेलन सुरु भएको छ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आफ्नो वार्षिकोत्सवको अवसर पारी गरेको वैज्ञानिक सम्मेलन ३० चैतसम्म चल्नेछ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा भएको कार्यक्रममा सम्मेलनमा भारत, चीन, बेलायत, स्वीटजरल्याण्ड, अमेरिकालगायतका देशहरुको वैज्ञानिकहरुको सहभागिता रहेको छ।  सम्मेलनमा  ८७ वटा मौखिक प्रस्तुतीकरण र ११५ वटा पोष्टर प्रस्तुतीकरण सम्मेलनमा प्रस्तुत गर्ने कार्यक्रम छ। परिषद्का सदस्य सचिव डा. प्रमोद जोशीले काठमाडौंको शिखर सम्मेलनमा एक हजारभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वैज्ञानिकहरुको सहभागिता रहेको जानकारी दिए।

बुधबार दि होटल सोल्टीमा सुरु भएको कार्यक्रमलाई शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री विद्या भट्टराईले सम्मेलनको उद्घाटन गरेकी हुन्। उद्घाटन मन्तव्यमा मन्त्री भट्टराईले  अध्ययन अनुसन्धान नीति निर्माणको आधारशीला भएको बताइन्। वैज्ञानीक प्रमाण र तथ्यमा आधारीत निर्णयले मात्र दिगो विकासलाई सम्भव बनाउने उनको भनाई थियो।

उनले भनिन्, ‘आज पनि हाम्रो समाजमा नीति निर्माण गर्नेकुरा भोट अथवा राजनीतिले निर्धारण गरिरहेको छ। राजनीतिको प्रभावले हाम्रा नीतीनिर्माणहरु प्रभावित भइरहेका छन्। त्यसैले हामीले खोजेको तत्थ्य र प्रमाणको आधारमा अनुसन्धान भएमा ती नीतिहरु दिगो हुन्छन्।हामीले अध्ययनमा आधारित नीतिनिर्माणलाई स‍‌ंस्थागत बनाउनु पर्छ।’ उनले भनिन्, ‘हाम्रो देशमा स्वास्थ्य र शिक्षा क्षेत्रमा भएका अनुसन्धानहरुले नीति निर्माताहरुलाई तथ्यमा आधारित निर्णय लिन सहयोग पुर्याउँदैं आएको छ तर पर्याप्त छैन।’

परिषद्का सदस्य सचिव डा. प्रमोद जोशीले सम्मेलन विशेषगरी जलवायु परिवर्तनका कारण स्वास्थ्य क्षेत्रमा उत्पन्न भएका र हुन सक्ने सम्भावित चुनौतीहरु, स्वास्थ्य प्रणालीको उत्थानशीलता, स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितताजस्ता विषयमा केन्द्रीत रहने जानकारी दिए। ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय