चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल (न्याम्स) को निर्देशकमा प्राडा दिलीप शर्मालाई नियुक्त गरिएको छ।

न्याम्सका सहकुलपति समेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले डा शर्मालाई निर्देशकमा नियुक्त गरेका हुन्। आइतवार प्रतिष्ठानका उपकुलपति प्राडा भूपेन्द्र बस्नेतले सहकुलपति समक्ष निर्देशकका लागि तीन जनाको नाम सिफारिस गरेका थिए।

डा बस्नेतले डा शर्मा निमित्त निर्देशक समाज गौतम र सहायक निर्देशक अनुपमा कार्कीको नाम सिफारिस गरेका थिए। साेही आधारमा सहकुलपति मन्त्री पाैडेलले शर्मालाइ नियुक्त गरेका हुन्। न्याम्स ऐन अनुसार उपकुलपतिको सिफारिसका आधारमा सहकुलपति २ वर्षको लागि डा शर्मालाई निर्देशक नियुक्त गरेका हुन्। ४ फागुनमा निर्देशक डा सन्तोष पौडेलको दुई वर्षे कार्यकाल समाप्त भएसंगै मन्त्री पौडेलले सहायक निर्देशक डा समाज गौतमलाई निमित्त निर्देशकको जिम्मेवारी दिएका थिए।

मन्त्री पौडेलले निमित्त निर्देशक गौतमलाई नै निर्देशक बनाउन चाहेका थिए भने प्रतिष्ठानका उपकुलपति प्रडा बस्नेत र शिक्षाध्यक्ष डा लोचन कार्कीले भने डा अनुपमा कार्कीलाई निर्देशक बनाउन चाहेका थिए । तर प्रधानमन्त्री केपी शर्मा ओलीले डा शर्मालाई निर्देशक बनाउन निर्देशन दिएसँगै मन्त्री पौडेलले शर्मालाई नियुक्त गरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय