dengue

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कैलालीको गेटामा प्रस्तावित शहीद दशरथचन्द विश्वविद्यालय सञ्चालनका लागि सरकारले गृहकार्य गरिरहेको बताएका छन्।
धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौडेलले नेपालका अन्य छ प्रदेशमा चिकित्साशास्त्रमा अध्यापन सुरु भइसकेको सन्दर्भमा अब सुदूरपश्चिम प्रदेशमा पनि उक्त कार्यक्रम सञ्चालन गर्नेगरी गृहकार्य भइरहेको बताए।
उनले विश्वविद्यालय बनाउनुअघि गेटामा तीनसय श्ययाको अस्पताल सञ्चालन गर्ने र आगामी असारदेखि ‘एमबिबीएस’को पढाइ थाल्नेगरी तयारी भइरहेको बताए। शहीद दशरथ चन्द मेडिकल विश्वविद्यालय बनाउनेसम्बन्धी विधेयक संसदीय समितिमा छलफलमा रहेकाले संसद्को आगामी अधिवेशनमा त्यसलाई प्रवेश गराइने मन्त्री पौडेलले बताए।

गाेदावरी नगरपालिकाको गेटामा मेडिकल कलेज सञ्चालन गर्न सात अर्बको लागतमा एक वर्षअघि नै सुविधासम्पन्न भवन एवं संरचना निर्माण भएका छन्। सङ्घर्ष समिति र स्थानीयवासीको निरन्तरको दबाबपछि ती संरचनामा ५० श्ययाको अस्पताल सञ्चालनमा ल्याइए पनि अस्पतालको सघन उपचार कक्ष(आईसीयु), जनरल बेड र आकस्मिक कक्षबाट अपेक्षाकृत सेवा प्रवाह हुन सकेको छैन ।

Jhada

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय