dengue

यही माघ २२ गते देखि फागुन ६ गते सम्म १० देखि १४ वर्ष सम्मका किशोरीहरुलाई दिइने ह्युमेन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप एक डोज मात्र दिइने भएको छ।

मंगलबार राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, परिवार कल्याण महाशाखा र स्वास्थ्य पत्रकार मञ्च नेपालको संयुक्त रुपमा आयोजना गरिएको पाठेघरको मुखको क्यान्सर र एचपीभी खोप सम्बन्धि अभिमुखीकरण कार्यक्रममा सरोकारवालाहरुले यस्तो बताएका हुन्।

Jhada

यस अघि ६ महिनाको फरकमा २ मात्रा दिइने गरिएको एचपीभी खोप विश्व स्वास्थ्य संगठनको सुझाव तथा खोप सल्लाहकार समितिको सिफारिस अनुसार अब एचपीभी विरुद्धको खोप एक मात्रा मात्र दिइने भएको हो।

विभिन्न अनुसन्धानहरुबाट सिंगल र मल्टिपल डोजको प्रभाव उस्तै पाइएपछि ४ अक्टोबर २०२४ मा डब्लुएचओ ‘स्टार्टिजी एडभाइजरी ग्रुप अफ एक्सपर्ट अन इम्युनाइजेसन(सेज)को सिफारिस बमोजिम नेपाल सरकारको राष्ट्रिय खोप सल्लाहकार समितिको निर्णय अनुसार अबदेखि १० देखि १४ वर्ष सम्मका किशोरीहरुलाई एचपीभी विरुद्धको खोप एक पटक मात्रा दिन लागिएको हो।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले भने डब्लुएचओ सेजको सिफारिस अनुसार हामिले एक मात्रा मात्र दिन लागेका हौ, खोप त्यही हो नयाँ अनुसन्धानहरुबाट एक डोज मात्र दिँदा पनि प्रभाव उही देखाएकोले अहिले सबै तिर एक डोज मात्र लगाउने निर्णय भएको हो। खोप नपाएर, पैसा नभएर हैन प्रोटोकल नै त्यही आएर हो।‘

कार्यक्रममा विज्ञको तर्फबाट क्यान्सर रोग विशेषज्ञ डा. सरिता घिमिरेले नेपालमा क्यान्सरको अवस्था, एचपीभी भाइरस र खोपको प्रभावकारीता बारेमा प्रस्तुति दिएकी थिइन्।

डा. घिमिरेले खोपको मात्राको बारेमा सोधिएको प्रश्नमा भनिन् ‘दुई डोजको काम एक डोजले नै गर्ने भएपछि थप खोप लगाउनुपर्ने आवश्यकता नरहेको बताईन्। ‘खोप लगाएपछि जो एन्टीबडी बन्नु पर्ने हो। त्यो एक डोज लगाए पनि दुई डोज लगाए पनि फरक नपर्ने दखियो। त्यसले गर्दा एक डोज नै काफी छ।’

कार्यक्रममा बालस्वास्थ्य तथा खोप शाखा प्रमुख रहेका डा. अभियान गौतमले खोप क्याम्पियनको तयारी र यसका रणनीतिबारे जानकारी दिएका थिए।

अक्टोबर ४ को डब्लुएचओ सेजको सुझाव बमोजिम अहिले विश्वका ६१ वटा देशहरु एचपीभीको एक डोज खोप लगाउने निर्णय गरेका छन् भने अन्य मुलुकले निर्णय गरिसकेका छैनन्।

यस अभियानमा कक्षा ६ देखि १० कक्षा सम्मका छात्राहरु तथा विद्यालय बाहिरका भए १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरु समेत गरी कुल १६ लाख ८८ हजार ७६८ जनालाई खोप लगाउने कार्यक्रम छ। त्यसका लागि गाभीबाट कुल १७ लाख ७० हजार २० भाइल खोप आउने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय