![](https://avilekh.com/wp-content/uploads/2024/04/health-ministry-swasthya-mantralaya2.jpg)
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नर्सिङ एवमं स्वास्थ्यकर्मीहरुको पारिश्रमिक लगायतका सुविधा सम्बन्धमा सबै मेडिकल कलेज तथा स्वास्थ्य संस्थाहरुलाई ५ बुँदे निर्देशन जारी गरेको छ।
मेडिकल कलेज स्वास्थ्य संस्थाहरुबाट नर्सिङ एवमं स्वास्थ्यकर्मीहको पारिश्रमिक लगायतका सुविधामा अन्याय भएको गुनासो आएपछि २०८१ मंसिर २७ गते स्वास्थ्य मन्त्रालयको सचिव स्तरीय निर्णयानुसार ५ बुँदे निर्देशन दिएको हो।
स्वास्थ्य संस्थाहरुमा कार्यरत सबै नर्सिङ एवम् अन्य स्वास्थ्यकर्मीहरुको लागि न्यूनतम पारिश्रमिक र सेवा सुविधा नेपाल सरकार सरह नघट्ने गरी लागु गर्नुपर्ने, तोकिएको समय भन्दाबढी कार्यको लागि अतिरिक्त भत्ताको व्यवस्था गर्नु पर्ने,स्वास्थ्य तथा शैक्षिक संस्थाले करार (नियुक्ति र सम्झौता) गरी राख्नुपर्ने, ज्यालादारीमा कार्य गराउन नपाईने, सक्कल शैक्षिक लब्धांक पत्रहरु कार्यालयले राख्न नपाईने, अनुभवको पत्र प्रदान गर्नुपर्ने र नर्सिङ लगायतका अन्य स्वास्थ्यकर्मीहरुको पारिश्रमिक बैकिङ प्रणालीबाट मात्र उपलब्ध गराउनु पर्ने निर्देशन दिइएको छ।