dengue

चिकित्सा शास्त्र अध्ययन संस्थान(आइओएम)को डीनमा प्रा‍.डा. मोहनराज शर्मा नियुक्त भएका छन्।

डीन नियुक्त गर्न गठित समितिले आइओएमको डीनका लागि असोज १४ गते यसअघि डीन रहेकी प्रा.डा.दिव्यासिंह शाह, प्रा.डा.मोहनराज शर्मा र प्रा.डा. सुधा बस्नेतको नाम सिफारिश गरेको थियो। त्यसअघि समितिले १३ असोजमा उनीहरुसंग कार्ययोजना प्रस्तुति सहितको अन्तर्वार्ता लिएको थियो।

Jhada

तर अहिलेसम्म डीन नियुक्त हुन सकिरहेको थिएन। दिव्याको ४ वर्षे पदावधि गत असारमै सकिएको थियो।

विगत पाँच महिनादेखि आइओएमको डिनको पद रिक्त थियो। गत असारमा डा. दिव्यासिंह शाहको कार्यकाल सकिएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले समयमै डिन नियुक्ति गर्न नसक्दा आइओएम डिन विहीन बनेकाे थियो।

त्रिविले लामो समयसम्म पनि डिन नियुक्त गर्न नसक्नुको मुख्य कारण भागबन्डा नमिलेको आरोप लागेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय