नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को  तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि सुरु भएको छ। मंसिर ९ गतेदेखि १२ गतेसम्म काठमाडौंमा गर्ने भएको हो। फोरम फर इथिकल रिभ्यु कमिटी इन द एशिया एन्ड वेस्टर्न प्यासिफिक रिजनको नारा म्याक्सिमाइज बेनिफिट थ्रो रेस्पोन्सिबल कन्डक्ट अफ रिसर्च रहेको छ।

सम्मेलनमा स्वदेश तथा विदेशबाट अनुसन्धान आचार संहिता विषयसँग सम्बद्ध विभिन्न विधाका विज्ञहरु, अनुसन्धानकर्ताहरु, नीति निर्माताहरु, प्राज्ञिक सस्थाका प्रतिनिधिहरु तथा विद्यार्थीहरुको महत्वपूर्ण उपस्थिति रहने परिषदले जनाएको छ।

सम्मेलनमा अनुसन्धान आचारसंहिताका विभिन्न पाटोहरुमा स्वदेशी तथा विदेशी अनुसन्धानकर्ताहरु बीच गहन छलफल, बहस तथा प्रस्तुतिकरण हुनेछन्।

सम्मेलनमा झण्डै ६०० को हाराहारीमा स्वदेशी तथा विदेशी विज्ञहरुको भौतिक उपस्थिति रहने परिषद्ले जनाएको छ । सम्मेलनमा विश्वका अमेरिका, जापान, बेलायत, फिलिपिन्स, पोल्याण्ड, मलेसिया, नर्वे, ग्रीस, केन्या, ब्राजिल, भारतलगायत २३ देशका सहभागीहरु प्रत्यक्ष तथा २०० भन्दा बढी सहभागीहरुले भर्चुअल सहभागिता जनाउने बताइएको छ।

सम्मेलनको उद्घाटन सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले गर्ने कार्यक्रम रहेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय