आज र भोलि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ।
स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षमुनिका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ।

बालबालिकाहरुमा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यून गर्न नेपालमा राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम मार्फत ६ देखि ५९ महिनाका बालबालिकाहरूलाई भिटामिन ‘ए’ र क्याप्सुल १ देखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई जुकाको औषधि खुवाइदै आएको छ।

वर्षमा २ पटक हुने यस कार्यक्रम अन्तर्गत २७ लाख बालबालिकाले भिटामिन ‘ए’ क्याप्सुल पाउने छन्। भिटामिन ए कार्यक्रममा महिला स्वास्थ्य स्वंमसेविका सहभागी हुनेछन्।

६ महिनादेखि ५ वर्ष उमेर सम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न नेपालमा २०५३ सालबाट भिटामिन ए खुवाउन सुरु गरिएको हो।

भिटामिन ‘ए’ र जुकाको औषधि नजिकैको स्वास्थ्य संस्थाहरुमा खुवाइनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय