बालवालिका तथा किशोर किशोरीको मानसिक स्वास्थ्य सेवाको आवश्यकतालाई सम्बोधन गर्नका लागि  अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ।

काठमाडौंमा यहि असोज १५ र १६ गते किशोर किशोरीको मानसिक स्वास्थ्य सम्मेलन हुने भएको हो। सम्मेलन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)को नेतृत्वमा बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य साउथ एशिया नेटवर्क (क्याम्सन)ले सम्मेलनको आयोजना गर्न लागेको हो ।

पछिल्लाे समय बालबालिका तथा किशाेरकिशाेरीमा मानसिक स्वास्थ्यको समस्या बढ्दै गइरहेकाले उनीहरुकाे मानसिक स्वास्थ्यलाई सम्बाेधन गर्नका लागि सम्मेलनकाे आयाेजना गर्न लागिएकाे हाे। सम्मेलनको प्रमुख उद्धेश्य दक्षिण एसियाका बालबालिका र किशोरकिशोरीहरूको मानसिक स्वास्थ्यलाई अगाडि बढाउन संवाद, सहयोग र सहकार्यको लागि मञ्च प्रदान गर्नु रहेको क्याम्सनका अध्यक्ष एवं बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य विशेषज्ञ डा‍. अरुण कुँवरले बताए।

सम्मेलनमा विभिन्न वैज्ञानिक कार्यपत्र प्रस्तुत गरिने र मानसिक स्वास्थ्यमा देखिएका समस्या एवं त्यसको सामाधानको उपाय खोजिने उनले बताए  उनका अनुसार सम्मेलनबाट मानसिक स्वास्थ्य सुधारमा सरकारले चाल्नुपर्ने कदमबारे छलफल हुनेछ।

विश्वभरका विशेषज्ञहरू, चिकित्सकहरू, नीति निर्माताहरू र सरोकारवालाहरूलाई ज्ञान आदानप्रदान गर्न, उत्कृष्ट अभ्यासहरू साझा गर्न र बालबालिका तथा किशोरकिशोरीहरूका लागि मानसिक स्वास्थ्य परिणामहरू सुधार गर्न रणनीतिहरूमा सहकार्य गर्ने सम्मेलनकाे उद्देश्यु रहेकाे कुँवरले बताए।

सम्मेलनमा नेपाल,  भारत, पाकिस्तान, माल्दिभ्स, भुटान, अफगानिस्तान, बंगलादेश, चीन लगाएतका देशहरुबात बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने व्यक्ति तथा संस्थाहरु समावेश हुने जनाइएको छ। सम्मेलनमा सामूहिक क्षलफल, कार्यशाला गोष्ठी, प्रस्तुतीकरणहरु समावेश हुनेछन्।

नेपालमा तेस्रो पटक सम्मेलन आयोजना हुन लागेको हो । यसअघि किशोर किशोरीहरूको मानसिक स्वास्थ्य सम्बन्धी सम्मेलन सन् २०१८ मा पहिलो र २०२२ मा दोस्रो पटक सम्पन्न भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय