“योगा फर सेल्फ एण्ड सोसाइटी” अर्थात “आफू र समाजका लागि योग” भन्ने नाराका साथ दशौँ अन्तराष्ट्रिय योग दिवस-२०२४ आज विश्वभर मनाईदै छ।

दशौँ अन्तराष्ट्रिय योग दिवसका अवसरमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले काठमाडौंमा पत्रकार अन्तर्क्रिया कार्यक्रम गर्दै योगबारे जनचेतनाका लागि तय गरिएको यस वर्षको नाराबारे जानकारी दिइएको हो।

जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावलाई संयुक्त राष्ट्रसंघले अनुमोदन गरेपछि सन् २०१५ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन सुरू गरिएको हो।

दिवसबारे जानकारी दिदै महानिर्देशक डा प्रदीप केसीले यस वर्ष विभागले केन्द्रिय कारागारका कैदीबन्दीहरुका लागि योग अभ्यास गराएर अन्तराष्ट्रिय योग दिवस मनाउने जानकारी दिए।

कार्यक्रममा योगका प्रशिक्षक डा सुवोध मिश्रले व्यस्त जीवनशैली तथा कडा अभ्यास गर्न नसक्नेका लागि कुर्सी सुर्य नमस्कार एक विकल्प भएको भन्दै यो अभ्यास समेत गराएका थिए। उनले योगको दर्शन यम र नियमले समाज र आफुलाई संकेत गरेको भन्दै यो वर्षका तय गरिएको “आफू र समाजका लागि योग” भन्ने नारा सार्थक रहेको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय