काठमाडौँ – संवैधानिक परिषद्को बैठक आज बस्दै छ । बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । चैत १२ गतेका लागि तय भएको बैठक बस्न नसकेपछि आज बिहान बस्न लागेको हो ।

बैठकले महालेखा परीक्षक नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने सम्भावना छ ।

१२ गते बैठक बस्न नसकेपछि आजको बैठक लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सत्तासाझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफलसमेत गरेका थिए ।

प्रधानमन्त्रीको नेतृत्वमा हुने संवैधानिक परिषद्मा प्रमुख विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय