काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको दुई विषयहरुको उत्तरपुस्तिकाको पोकै हराएको स्वीकार गरेको छ । बिहीबार त्रिविले विज्ञप्ति जारी गर्दै उत्तरपुस्तिका हराएको र उच्चस्तरीय ३ सदस्यीय छानबिन समिति गठन गरेको जनाएको छ। ३ सदस्यीय समितिको संयोजक पूर्वरजिष्ट्रार प्रा.डा. चन्द्रमणि पौडेल छन् ।समितिलाई आगामी ३० दिनभित्र प्रतिवेदन पेश गर्न त्रिविले भनेको छ ।
मानविकी तथा सामाजिक शास्त्रअन्तर्गतको जनसंख्या तथा स्वास्थ्यतर्फको विषय (कोड नं) ४१२० र शिक्षा शास्त्रतर्फको शिक्षाको आधार विषय (कोड नं) ४१२० विषयको उत्तरपुस्तिकाको पोकै हराएको थियो ।
त्यस्तै, त्रिविले उत्तरपुस्तिका हराएका दुवै विषयका परीक्षा पनि त्रिविले यही चैत २१ गतेदेखि गराउने भएको छ ।