विश्व फुटबलमा फिफा विश्वकपपछिको अर्काे महासङ्ग्राम मानिने युरो कप २०२४ खेल्ने देशहरूको टुङ्गो लागेको छ । आज राति भएका खेलहरूबाट ३ देशले युरो कपमा स्थान पक्का गरेपछि २४ वटै देशको नाम टुङ्गो लागेको हो ।

छनोट भएका देशहरूलाई एउटा समूहमा ४ देश पर्ने गरी ६ वटा समूहमा विभाजन गरिएको छ । समूह ए, समूह बी र समूह सी को समीकरण मंसिरको दोस्रो सातामा नै पूरा भएको थियो भने समूह डी, इ र एफ को समीकरण आज राति पूरा भएको हो ।

समूह डी का लागि वल्स र पोल्यान्डबिच प्रतिस्पर्धामा निर्धारित समयमा कुनै टिमले गोल नगरेपछि खेल ट्राइबेकरमा पुगेको हो । पेनाल्टी सुट आउटमा ५—४ गोल अन्तर हराएर पोल्यान्ड युरो कपमा छनोट हुन सकेको हो ।

त्यस्तै समूह इ को अन्तिम छनोट खेलमा युक्रेनले आइसल्यान्डलाई २—१ गोल अन्तरले हराएर छनोट हुन सफल भएको हो ।

समूह एफ मा छनोट हुनका लागि ग्रिक र जर्जियाबिच भएको प्रतिस्पर्धामा पनि निर्धारित समयमा कुनै पनि देशले गोल गर्न नसकेपछि ट्राइबेकरको आधारमा छनोट गरिएको थियो । जर्जियाले ग्रिकलाई पेनाल्टी सुटआउटमा ४—२ गोल अन्तरले हराई छनोट भएको हो ।

युरो कप २०२४ जुन १४ बाट जुलाई १४ सम्म सञ्चालन हुनेछ । यस युरो कपको उद्घाटन खेलमा नेपाली समयअनुसार जुन १४ राति १२ः४५ बजे आयोजक राष्ट्र जर्मनीले स्कटल्यान्डको सामना गर्नेछ ।

युरो कपमा छनोट भएका देशहरू
समूह ए : जर्मनी, स्कटल्यान्ड, हङ्गेरी, स्विजरल्यान्ड
समूह बी :  स्पेन, क्रोएसिया, इटाली, अल्बानिया
समूह सी : स्लोभाकिया, डेनमार्क, सर्बिया, इङ्ल्यान्ड
समूह डी : पोल्यान्ड, नेदरल्यान्ड, अस्ट्रिया, फ्रान्स
समूह इ : बेल्जियम, स्लोभाकिया, रोमानिया, युक्रेन
समूह एफ : टर्की, जर्जिया, पोर्चुगल, चेक रिपब्लिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय