काठमाडौं – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले श्रमिकलाई विमानस्थलमा जाँदा–आउँदा गरिने व्यवहार परिवर्तन हुनुपर्ने बताएका छन्। मंगलबार अध्यागमन विभागको निरीक्षणमा गएका लामिछानेले अधिकारीहरूको ब्रिफिङ सुनेपछि अध्यागमनलाई सुधार गर्न निर्देशन पनि दिएका छन् । अध्यागमन विभागका कर्मचारीहरूलाई मंगलबार निर्देशन दिँदै गृहमन्त्री लामिछानेले अध्यागमनले वैदेशिक रोजगारीमा जाने र नेपाल आउनेसँग भद्र व्यवहार गर्न आग्रह गरे। लामिछानेले हिजोका घटनामा कसैलाई दोषारोपण गर्न नचाहने तर भविष्यमा त्यस्ता घटना र प्रवृत्ति दोहोरिनु नहुने बताए ।

‘‘रेमिट्यान्स पठाएर देशको अर्थतन्त्रमा योगदान दिने श्रमिकलाई विमानस्थलमा जाँदा–आउँदा गरिने अमर्यादित र अभद्र व्यवहार नगर्न तथा अनावश्यक दुःख, कष्ट र हैरानी दिने प्रवृत्ति तत्काल सुधार गर्न आग्रह गर्छु’ उनले भने। नेपालको अध्यागमनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रविधिमैत्री बनाउनु पर्नेमा जोड दिँदै लामिछानेले अध्यागमनमा खटिने जनशक्तिलाई पर्याप्त तालिमको व्यवस्था गर्न आग्रह गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय