अविरल वर्षाको कारण पृथ्वी राजमार्गको धादिङ र चितवनमा पर्ने सडक खण्ड  मलेखुमा पुनः पहिरो खसेको छ।

रातको समयमा थप जोखिम हुने देखिएको हुनाले यात्रा नगर्न प्रहरीले आग्रह गरेको छ। पहिरो खस्ने क्रम नरोकिएपछि पृथ्वी राजमार्गको मलेखु–मुग्लिन सड्क खण्डमा थप प्रहरी परिचालन गरिएको छ।

बागमती प्रदेशका डीआईजी कृष्णहरी शर्माले रातको  समयमा थप जोखिम हुने आकलन गरेर प्रहरीले सो क्षेत्रमा राति यात्रा नगर्न आग्रह गरेको बताए ।

नागढुंगा हुँदै काठमाडौँ भित्रिन खोजेका साना सवारी साधनलाई प्रहरीले गल्छीबाट नुवाकोट हुँदै काठमाडौँ पठाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय