पहिरोले डुम्रे–बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ।
अविरल वर्षासँगै सडकका विभिन्न ठाउँमा पहिरो खसेर अवरुद्ध भएको लमजुङ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी थानेश्वर चपाईंले जानकारी दिए। उनका अनुसार तनहुँतर्फ बेँसीसहर नगरपालिका–१ दलाल र मनाङतर्फ सोही पालिका–६ खरखरे भिरमा पहिरो खसेकाले सडक अवरुद्ध भएको छ। खरखरे भिरमा ठूला–ढुङ्गासहितको पहिरो खसेको छ।
सडक अवरुद्ध हुँदा त्यस बाटाे हुँदै आवातजावत गर्ने सवारीसाधनहरु अलपत्र परेका छन्।