काठमाडाैँ – वि. सं. २०७२ सालमा गएको भूकम्पमा परेर मृत्यु भएका नागरिकहरूको सम्मान र सम्झनामा गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ।

गाउँपालिका अध्यक्ष विष्णु भट्टले मंगलबार सूचना जारी गर्दै बुधबार गाउँपालिकाभर बिदा दिएको उल्लेख गरेका छन्।
गाउँपालिकाले बारपाकको हिमालय मा. वि. मा बिहान ११ः४५ बजे हुने श्रद्धाञ्जलि कार्यक्रममा सबैलाई सहभागी हुन अनुरोध गरेको छ ।

२०७२ साल वैशाख १२ गते शनिबारका दिन ११ः५६ बजे बारपाक केन्द्रविन्दु रही ७.८ रेक्टर स्केलको भूकम्प गएको गएको थियो । उक्त स्थान गाउँपालिकाको वडा नं. २ मा पर्दछ । त्यस भूकम्पमा परी बारपाक गाउँको पुरानो स्वरुप नै परिवर्तन भएको छ भने गाउँपालिकाका सबै क्षेत्र र आसपासका क्षेत्रमा क्षति पुगेको थियो ।

गाउँपालिकाले भूकम्प गएको सम्झनामा हरेक वर्षको वैशाख १२ गते बिदा दिने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय