सेभेन सिज नामक ब्यानरमा बनेको र विजय बरालको मुख्य भूमिका रहेको फिल्म ‘पूर्ण बहादुरको सारंगी’ले ४० करोड हाराहारीमा व्यापार गरेको छ।

यस फिल्मले प्रदर्शनको तीन सातासम्म नेपालभर ३९ करोड ७४ लाख ग्रस कलेक्सन गरेको हो। वितरण कम्पनी ब्यांकेस इन्टरटेनमेन्टले बुधबारसम्मको कमाइबारे जानकारी गराएको हो। बिहीबार पनि सोहरू हाउसफुल उत्साहजनक व्यापार गरेको देखिन्छ। यस फिल्मले सर्वाधिक कमाइ गर्ने फिल्मको रेकर्ड बनाइसकेको छ। एकैदिन धेरै कमाउने फिल्मसहित अत्याधिक सो पाउने फिल्मको रेकर्ड पनि कायम गरिसकेको छ।

घरेलु बक्सअफिससहित फिल्मले अमेरिका, अस्ट्रेलिया र मध्यपूर्वक देशमा राम्रो कमाइ गरिरहेको छ।
यस फिल्ममा विजय बरालसहित अञ्जना बराइली, प्रकाश सपुत, देशभक्त खनाल, अलिशा बास्कोटा, बुद्धि तामाङ, मुकुन भुसाल, भोलाराज सापकोटाको पनि अभिनय छ। गन्धर्व समुदायको कथामा आधारित फिल्मले बाबुछोराको सम्बन्धलाई समेटेको छ।

सरोज पौडेलको कथा र निर्देशन रहेको फिल्मलाई विनोद पौडेल र प्याट्रिक सुवेदीले निर्माण गरेका हुन्। फिल्मको पटकथा र संवाद महेश दवाडीले लेखेका हुन्। सेभेन सिजको प्रस्तुति रहेको यो फिल्म एक करोड ३० लाखमा बनेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय