खिल बहादुर गुरुङको निर्देशन रहने फिल्म ‘रिमै’को छायांकन सुरु भएको छ।

मंगलबार गोरखाको सिरानचोकमा शुभमुहूर्त गर्दै फिल्मको छायांकन थालिएको निर्देशक गुरुङले जानकारी दिए।
फिल्मको मुहूर्त सर्ट अभिनेता दयाहाङ राई र अभिनेत्री रिस्मा गुरुङले दिएका थिए । अबको एक महिनासम्म गोरखाको सिरानचोक, झार गाउँ, कुल गाउँ, भंगेरी, लासे, सिम्ले, गोहरे, चित्रेपोखरी र गोर्खा बजारमा फिल्मको छायांकन हुनेछ। रोहित कट्टेल प्रस्तुतकर्ता रहेको फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन्।

गोरखा सिरानचोक एण्ड लिगगिगकोट फिल्मस् प्रालीको प्रस्तुति र आरआर फिल्मस् तथा रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने फिल्ममा दयाहाङ र रिस्मासँगै बुद्धि तामाङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरवल घले, डिवी गुरुङ लगायतका कलाकारको अभिनय रहनेछ।

वीरवल घले, टिका गुरुङ र दुन बहादुर घले निर्माता रहेको फिल्ममा बिनु गुरुङ, रोशन भट्टराई राजेश घिमिरे सहनिर्माताको रूपमा रहेका छन्। उपेन्द्र सुब्बाको लेखन रहेको फिल्म शैलेन्द्र ध्वज कार्कीले छायांकन रहने फिल्म आरआर फिल्मस्ले वितरण गर्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय